सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिता हुने

फाइल फोटो
फाइल फोटो
२०७९ मंसिर १३, ०७:१७

बैतडी: बैतडीमा यही मङ्सिर २५ गतेदेखि जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ। मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा मेनेजर तेजबहादुर चन्द स्मृति जिल्लास्तरीय अन्तरपालिका भलिबलको आयोजना गर्न लागिएको हो।

ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहबाट पालिकाको एक टोली सहभागी गराइनेछ। प्रतियोगितामा विजेताले एक लाख २५ हजार रुपैयाँ र ट्रफी, उपविजेताले ७५ हजार र ट्रफी र तेस्रो हुनेले ३५ हजार र ट्रफी पाउनेछ। प्रतियोगिताका खेलहरू दशरथचन्द खेलमैदान सुन्दरखालीमा हुने जनाइएको छ।

सहभागी टोलीलाई मङ्सिर २० गतेभित्र दर्ता गरिसक्न ट्रष्टले आग्रह गरेको छ। प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ। जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको ट्रष्टले खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि हरेक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ। रासस 

कमेन्ट लोड गर्नुस