सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा विष्ट हत्या प्रकरणः प्रहरीको अनुसन्धान कहाँ पुग्यो ? 

२०७९ मंसिर १२, १२:५९ खबर संवाददाता

धनगढीः दार्चुलामा युवक मृत फेला परेको घटनामा प्रहरीले अनुसन्धानलाई अन्तिम चरणमा पुगाएको जनाएको छ। जिल्लाको व्यास गाउँपालिका–४ मा मृत भेटिएका नरसिंह विष्ट (नरेन्द्र) को घटनामा अनुसन्धान अन्तिम चरणमा पुगेको हो। 

उक्त घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमै राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ। यस्तै प्रहरीले आजै निष्कर्षमा पुग्ने दाबी गरेको छ। अहिले विष्टको शवलाई जिल्ला अस्पतालमै राखिएको छ। उनका आफन्तले हत्या भएको आशंका गर्दै संलग्न पत्ता नलाग्दासम्म शव नउठाउने बताउँदै आएका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि घटनाको अनुसन्धान गरिरहेको छ। मंसिर ४ गते विष्टको शव घर नजिकैको खोलामा भेटिएको थियो। उनी मंसिर ३ गते राति बेपत्ता भएका थिए। सत्ता गठबन्धनका कार्यकर्ताले विष्टको हत्या गरेको आफन्तको दाबी छ।  विष्ट निर्वाचनका दिन भोट हाल्न नआएपछि स्थानीयले खोजी गर्दा मृत फेला परेका थिए।
 

कमेन्ट लोड गर्नुस