सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप फुटबलमा आज चार वटा खेल हुँदै

२०७९ मंसिर १२, १०:४३ खबर संवाददाता

काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत सोमबार चार वटा खेल हुँदैछन्। आज समूह चरण अन्तर्गत समूह ’जी’ र समूह ’एच’ का दुईरदुई खेलहरु हुनेछन्।

पहिलो खेलमा समूह ’जी’ मा रहेको क्यामरुन र सर्बियाबीच तथा दोस्रो खेलमा समूह ’एच’ को दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुनेछ। तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ भने चौथो खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ। समूह ’जी’ मा रहेको पोर्चुगल र उरुग्वे बीचको खेल राति पौने १ बजे सुरु हुनेछ। 

कमेन्ट लोड गर्नुस