सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा प्रतिनिधिसभा समानुपातिकतर्फ कांग्रेसले पायो सबैभन्दा बढी मत 

। फोटो स्रोत ।
२०७९ मंसिर ११, १०:२० खबर संवाददाता

धनगढी: अछाममा प्रतिनिधिसभाको समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। प्रतिनिधिसभा समानुपातिकतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत पाएको छ।

कांग्रेसले ३० हजार ३४९ मत पाएको छ। नेकपा एमालेले २८ हजार ९९३, नेकपा माओवादी केन्द्रले १२ हजार ५६२, एकीकृत समाजवादीले ४ हजार ३७० र राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ४७० मत पाएका छन्।

त्यस्तै, क्षेत्र नम्बर १ मा प्रदेशसभा समानुपातिकतर्फको मत गणना पनि सकिएको छ। जसमा कांग्रेसले १४ हजार ४२ मत पाएको छ। एमालेले १४ हजार १९, माओवादी केन्द्रले ६ हजार ८९१ र समाजवादीले ३ हजार ४४६ मत पाएका छन्। क्षेत्र नम्बर २ को प्रदेशसभा समानुपातिकतर्फको मत गणना भइरहेको छ।  

कमेन्ट लोड गर्नुस