सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछानेले सार्वजनिक गरे चुनावी खर्च

२०७९ मंसिर १०, ११:४२ खबर संवाददाता

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। लामिछानले चुनाव अवधिमा ११ लाख ८१ हजार ४७२ रुपैयाँ खर्च भएको बताएका छन्।

चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित उनले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताएका छन्।

कमेन्ट लोड गर्नुस