सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला हत्या प्रकरणः अनुसन्धानमा ढिलाई भएको आरोप, आफन्तले बुझेनन् शव 

तस्बिरः नरेन्द्र कार्की
तस्बिरः नरेन्द्र कार्की
२०७९ मंसिर ९, ०१:२३ खबर संवाददाता

धनगढीः दार्चुलाको व्याँस गाउँपालिका-४ मा मृत अवस्थामा भेटिएका नरसिंह विष्टको शव अझै बुझिएको छैन्। शुक्रबार दार्चुला प्रहरीले शवको पोष्टमार्टम गरेको थियो। तर, पनि आफन्तले शव बुझेका छैनन्। 

मंसिर ४ गते संसदीय निर्वाचनमा मत दिन जिल्ला सदरमुकामबाट गाउँ गएका विष्टको मंसिर ३ गते राति हत्या भएको थियो। विष्टको हत्या गरेर सुनसेराको डोम खोला किनारमा शव फेला परेको थियो।

मृतकका आफन्तका अनुसार डोम खोलामा गाडेको अवस्थामा विष्टको शव भेटिएको थियो। ‘धारिलो हतियार प्रहार गरि खोलामा शव गाडिएको देखिएको छ’, मृतकका एक आफन्तले भने, ‘दोषी पत्ता नलागेसम्म शव बुझ्दैनौ।’ किटानी गर्दा पनि प्रहरीले आरोपितहरु पक्राउ नगरेको भन्दै स्थानीय आक्रोशित छन्। यस्तै प्रहरीले अनुसन्धानमा ढिलाई गरेको उनीहरुको आरोप छ।
 

कमेन्ट लोड गर्नुस