दार्चुलामा ५५ हजार बढी मतगणना हुँदा कसको कति ?
२०७९ मंसिर ७, ०७:२६
दार्चुलाः दार्चुलमा काँग्रेसका उम्मेदवार दिलेन्द्र बडूले अग्रता कायम राखेका छन्। प्रतिनिधि सभा सदस्यको ५५ हजार ५४० मतगणना हुँदा बडूले २७ हजार ४२१ मत पाएका छन्।
एमाले उम्मेदवार गणेशसिंह ठगुन्नाले २५ हजार ६७९ मत पाएका छन्। राप्रपाका नरेन्द्र धामीले ३६३ मत ल्याएका छन्। जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि ९ जना उम्मेदवार चुनावी मैदानमा छन।
कमेन्ट लोड गर्नुस