सुदूर नेपाललाई विश्वसँग जोड्दै

यूएईको फाइभस्टार होटलमा पाए धनगढीको एसपीएका विधार्थी सुनिलले रोजगारीको अवसर

२०७९ मंसिर ७, १०:४४

धनगढी : यूएईको शारजहास्थित फाइभस्टार होटल ‘सेराटन शारजहा रिसोर्ट एण्ड स्पा’ मा एसपीए कलेज धनगढीमा बीएचएम अध्ययनरत् विधार्थीले रोजगारीको अवसर पाएका छन्। 

विष्ट मंगलबार नै यूएई प्रस्थान गरेका छन्। बीएचएमका कमल विष्टले उक्त होटलमा एकवर्षका लागि पेड इन्टनसिप(तलबसहित)को अवसर पाएका हुन्। कलेजले उनलाई १ वर्षका लागि उक्त अवसर जुटाईदिएको हो। 

उनीहरुले उक्त अवधिमा फाइभ स्टार होटलमा सर्भिसको अनुभव लिनुका साथै आम्दानी पनि गर्नेछन्। इन्टनसीप अवधि सकिए लगत्तै उनीहरुले उक्त होटलमै काम गर्न समेत पाउनेछन्। उनीहरुसँग पाँचतारे होटेलमै काम गरेको अवसर हुने भएकाले चाहेको खण्डमा अरु देशका अन्य लक्जरिएस होटलमा आकर्षक तलबसुविधासहित काम गर्ने अवसर पाउँनेछन्। 

यसअघि पनि एसपीएमा बीएचएम अध्ययनरत् विधार्थीहरुले दुबई, मलेसिया, कतार, बहराइन भारत तथा नेपालकै फाइभस्टार होटलहरुमा रोजगारीको अवसर पाइसकेका छन्। 
 
यसअघि पनि एसपीएका विधार्थीहरु दुबईको विश्वप्रशिद्ध पाँच तारे होटल ‘द मेरियट्स मार्किस’, बहराइनको विश्वप्रशिद्ध पाँचतारे होटल क्राउन प्लाजा एचजीमा, कतार, मलेसिया, भारत, माल्दिभ्सलगायत नेपालका विभिन्न होटलहरुमा कार्यरत छन्। 

एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले विधार्थी विष्टलाई आगामी जीवनको शुभकामना दिदैँ एसपीएले अध्ययनसँगसँगै विद्यार्थीहरुको भविष्यको पनि सुनिश्चितता गरिदिने बताए। 

‘हामीले विधार्थीलाई संस्कार र अनुशासनयुक्तसँगसँगै पसिना र कर्ममा विश्वास गर्ने बनाउँछौं,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘सोहीकारण हाम्रा विधार्थीहरु दुबई, बहराईन, भारत, नेपालका होटलहरुमा इन्टर्नका रुपमा काम गर्दागर्दै राम्रो आम्दानी पनि गरिरहेका छन्। यो उनीहरुको भविष्य सुनिश्चित भएको आधार पनि हो।’
सुदूरपश्चिममा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बीएचएमको सबैभन्दा ठूलो कार्यक्रम एसपीएमामात्रै छ। सुदूरपश्चिममा बीएचएमका लागि आफ्नै छुट्टै आधुनिक सम्पूर्ण स्रोत साधानयुक्त ल्याब, किचेन, बेकरी, बार, रेस्टुरेन्ट, हाउस किपिङ भएको एकमात्रै शैक्षिक संस्था एसपीए हो। 

बीएचएम अध्ययन गर्न चाहने विधार्थीले सि–म्याट(प्रवेश परीक्षा) दिनुपर्छ । सिम्याटका लागि अहिले फाराम खुलेको छ। 

जुनसुँकै संकायबाट आएका विधार्थीले पनि बीएचएम पढ्न पाउँछन्। हरेक विषयमा १.८ वा डी प्लस जिपिए आएको हुनुपर्छ। त्रिविको छात्रवृत्ति, प्रवेश परीक्षा टप गर्ने, गरिब जेहोन्दोर विधार्थीलाई पनि क्याम्पसले छात्रवृत्तिको व्यवस्था छ। 

झण्डै ३५ सय विधार्थी अध्ययनरत् एसपीए सुदूरपश्चिमकै अग्रिणी शैक्षिक संस्था हो। एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एकवर्षे बीएड तथा प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ।

कलेजमा पूर्ण रुपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरु छन्। सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन्। आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विधार्थीहरुलाई प्रशिक्षित गराइन्छ। 

टाढाबाट आउने विधार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ। विभिन्न १५ वटा क्लबहरु गठन गर्दै विधार्थीहरु अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउँछन्। कलेजमा ८ जना अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीमात्रै अध्ययन गरिरहेका छन्। त्यसबाहेक अन्य खेलका अन्तर्राष्ट्रिय खेलाडीका लागि पनि कलेजले छात्रवृत्तिको व्यवस्था गरेको छ।
 
 

कमेन्ट लोड गर्नुस