सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा बडू र ठगुन्नाबीच रोचक प्रतिस्पर्धा, पछि परे दिलेन्द्र

२०७९ मंसिर ७, ०८:१९ खबर संवाददाता

दार्चुला: दार्चुलामा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाले अग्रता लिएका छन्। सुरुवाती अग्रता लिइरहेका नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूलाई पछि पार्दै ठगुन्नाले अग्रता लिएका हुन्।

१९ हजार १७२ मत गणना हुँदा ठगुन्नाले ९ हजार ३५० मत प्राप्त गरेका छन्। उनलाई बडूले ९ हजार २५ मतसहित पछ्याइरहेका छन्। त्यस्तै, राप्रपाका नरेन्द्रसिंह धामीले १४८ मत प्राप्त गरेका छन्।
 

कमेन्ट लोड गर्नुस