सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर–१ मा तामाङको अग्रता कायमै 

२०७९ मंसिर ७, ०८:०२ खबर संवाददाता

धनगढी: कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार तारालामा तमाङको अग्रता कायमै छ। उनी दोब्बर मतले अगाडि छन्।

१३ हजार ८८९ मत गणना हुँदा तमाङले ७ हजार २५३ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले ३ हजार ८०५ मत ल्याएकी छिन्। 

प्रदेशसभा (१)मा पनि एमाले उम्मेदवार वीरबहादुर थापा अगाडि छन्। १२ हजार ३ सय ६७ मत गणना हुँदा उनले ६ हजार ३७ मत ल्याएका छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसका बन्धु रानाले ३ हजार २९४ मत ल्याएका छन्। 

प्रदेशसभा(२)मा नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्ट अगाडि छन्। ९ हजार ९६८ मत गणना हुँदा उनले ३ हजार ३८२ मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका पल्लवराज भट्टले २ हजार ९५० मत ल्याएका छन्। 

कमेन्ट लोड गर्नुस