सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला प्रदेश सभा २ मा माओवादी केन्द्रका धामी निर्वाचित 

२०७९ मंसिर ७, ०६:११ खबर संवाददाता

दार्चुला: दार्चुला प्रदेश सभा क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका मानबहादुर धामी ९सन्तोष० निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदत्त जोशीलाई पछि पार्दै धामी विजयी भएका हुन्।

धामीले १३ हजार १७१ मत प्राप्त गरे भने जोशीले ११ हजार ८५६ मत प्राप्त गरे। यस्तै राप्रपाका अमरसिंह धामीले ३१७ मत पाउँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गगन ठगुन्नाले १७३ मत ल्याए। २०७४ सालको निर्वाचनमा पनि धामी उक्त क्षेत्रबाट निर्वाचित भएका थिए। 
 

कमेन्ट लोड गर्नुस