डोटीमा आले वलीभन्दा फराकिलो मतान्तरले अगाडि
धनगढीः एउटा मात्रै प्रतिनिधि सभा रहेको डोटीमा सत्ता गठबन्धनका उम्मेदवार प्रेमबहादुर आले मगर सुरुवातदेखि नै अग्रता लिदै आएका छन्। पछिल्लो मत परिणामअनुसार उहाँले ३ हजार ३०४ को फराकिलो मतान्तरले अगाडि छन्।
प्रतिनिधि सभातर्फको १५ हजार १५८ मत गणना हुँदा उनले ८ हजार ३०२ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार गौरी वलीले ४ हजार ९९८ मत प्राप्त गरेकी छन्।
प्रतिनिधि सभा सदस्यका लागि डोटीमा ६ जना उम्मेदवार रहेका छन्।