दार्चुलामा बडूको अग्रता कायमै
२०७९ मंसिर ६, ०५:०७
धनगढीः दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता कायमै रहेको छ।
जिल्लामा १० हजार ९६२ मत गन्दा बडूले ५ हजार ३६२ मात ल्याएका छन्, भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना ५ हजार २०६ मत ल्याएका छन्। उनीहरुबीचको मतअन्तर १५६ रहेको छ।
कमेन्ट लोड गर्नुस