दार्चुला प्रदेश सभा–२ मा एमाले अगाडि
दार्चुलाः दार्चुलामा प्रदेश सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीले अग्रता लिएका छन्। गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका मानबहादुर धामी (सन्तोष) लाई पछि पार्दै जोशीले अग्रता लिएका हुन्।
यसअघि अग्रता लिइरहेको धामी ४६ मतले पछि परेका छन्। १० हजार ३९६ मत गणना हुँदा एमालेका जोशीले ४ हजार ९८८ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका धामीले ४ हजार ९४२ मत प्राप्त गरेका छन्।