दार्चुलामा भोलि बिहानदेखि मतगणना हुने
२०७९ मंसिर ५, ०९:०४
धनगढी: दार्चुलामा भोलि बिहानदेखि मतगणना हुने भएको छ।
दार्चुलामा सबै मत पेटिका सदरमुकाम खलंगा पुगि सकेका छन्। व्याँस गाउँपालिकाका ४ वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम नपुग्दा आज मतगणना हुन नसकेको बताइएको छ। भोलि बिहान ९ बजेदेखि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ।
कमेन्ट लोड गर्नुस