कञ्चनपुर–२ मा ३२०० मत गणना, साउँदको अग्रता
धनगढीः कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको ३२०० मत गणना सकिएको छ। गठबन्धनका उम्मेदवार एनपी साउँदले सुरुवाती अग्रता लिएका छन्। काँग्रेस नेता पूर्व मन्त्री साउँदले १४१६ मतका साथ अग्रता लिएका हुन्।
दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार नरबहादुर धामी छन्। उनले १२०५ मत ल्याएका छन्। धामी भन्दा साउँद २११ मतले अगाडि छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका झंकर राज जोशीले १६१ मत ल्याएका छन्। प्रतिनिधि सभा सदस्यका उक्त निर्वाचन क्षेत्रमा २६५ मत बदर भएक छन्।