सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा मतगणना सुरु

२०७९ मंसिर ५, ०७:४७ खबर संवाददाता

धनगढीः डोटीमा मतगणना सुरु भएको छ। प्रतिनिधि सभा सदस्यको एक निर्वाचन क्षेत्र रहेको जिल्ला डोटीमा सोमबार बिहान सबै मतदान केन्द्र तथा मतदान स्थलबाट मतपेटीका जिल्ला सदरमुकाम ढुवानी गरिएको थियो। 

तर मुख्य निर्वाचन अधिकृत र राजनीतिक दलहरु बिच मतगणनाको बिषयमा सहमती हुन नसक्दा ढिलोगरी मात्र गणना सुरु भएको हो। बडिकेदार गाउँपालिका वडा नम्बर ४ को मतदानस्थलको मतगणना सुरु गरिएको हो। जिल्ला निर्वाचन कार्यालय डोटीका प्रमुख करुणाकर पन्तका अनुसार जिल्लामा एक लाख २४ हजार आठ सय ७० मा ६४ हजार ८४ मत मात्र खसेका छन्। जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि ६ जना मैदानमा छन्।

एमालेका गौरी कुमारी ओली, राप्रपाका अंकबहादुर खड्का, एकीकृत समाजवादीका प्रेमबहादुर आले, राष्ट्रिय स्वतन्त्र पार्टीका केशव बलायर उम्मेदवार छन्। जिल्लामा प्रतिनिधि सभा सदस्यमा नरेन्द्रबहादुर खड्का र राज प्रसाद जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
 

कमेन्ट लोड गर्नुस