सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बसमा छुटेको ५ लाख सम्बन्धीत व्यक्तिलाई फिर्ता

२०७५ चैत्र ५, ०५:१८ खबर संवाददाता

कैलालीमा बसमा छुटेको ५ लाख रकम सम्बन्धीत व्यक्तिलाई फिर्ता गरिएको छ। आज दिउँसो अत्तरियाबाट टीकापुरका लागि छुटेको से १ ख ९२७ नम्बरको बसमा छुटेको ५ लाख रकम बरामद गरी प्रहरीले सम्बन्धीत व्यक्तिलाई बुझाएको छ।

सो रकम दार्चुलाको शैल्यशिखर नगरपालिकाबाट जग्गा खरिदका लागि आएका धर्मानन्द भट्टको भएकाले उनलाई बुझाईएको अस्थायी ट्राफिक प्रहरी पोष्ट मसुरियाले जनाएको छ। प्रहरीले पूर्वपश्चिम राजमार्गमै पर्ने घोडाघोडी ताल नजिक बस रोकेर  रकम बरामद गर्दै भट्टलाई बुझाएको हो।

भट्ट अत्तरियाबाट टीकापुरका लागि छुटेको बसमा चढेका भट्ट मसुरिया उत्रिएका थिए। भट्टले बसमा पैसा छुटेको विषयमा अस्थायी ट्राफिक पोष्ट मसुरियामा खबर गरेका थिए। खबर पाउने बितिकै प्रहरी परिचालन भएका थिए। प्रहरीको रहोवरमा उक्त रकम सम्बनधीत व्यक्तिलाई बुझाईएको मसुरीयाबाट सञ्चारकर्मी प्रेम जोशीले जानकारी दिए।

कमेन्ट लोड गर्नुस