दार्चुलामा ६५ प्रतिशत मत खस्यो
धनगढी: आज सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दार्चुलामा ६५ प्रतिशत मत खसेको छ।
जिल्लाका केही समयका लागि केही स्थानमा मतदान स्थगित भएपनि सबैठाउँमा सहमतीमा नै मतदान सम्पन्न भएको दार्चुलाकाका निर्वाचन अधिकृत प्रदिपसिंह धामीले बताएका छन्।
सबैभन्दा विकट मानिएको अपि हिमालको थुम्पी मतदान केन्द्रको मतपत्र भोलि दिउँसोसम्म सदरमुकाम ल्याएर भोलि दिउँसोबाट मतगणना गर्ने तयारी रहेको छ। जिल्लामा ८९ हजार १५४ मतदाता रहेकोमा ५७ हजार मत खसेको धामीले बताएका छन्।