सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीमा गत वर्षकै सहभागिलाई फेरी तालिम दिएर लाखौँ सक्ने तयारी

२०७५ चैत्र ५, ०७:४९ जनक विष्ट

कैलालीको गोदावरी नगरपालिकाले गत वर्ष सञ्चालन गरेका सीपमुलक तालिम उपलब्धी विहिन भएका छन्। गोदावरी नगरपालिकाले सीप मुलक तालिमका नाममा गत वर्ष लाखौँ बजेट सकेपनि उपलब्धी भने शुन्य जस्तै देखिएको छ। 
गोदावरी नगरपालिकाले विभिन्न संघसंस्था मार्फत गत वर्ष सञ्चालन गरेका सीपमुलक तालिमको उपलब्धी नदेखिएको हो। नगरपालिकाले. स्थानीयलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले लाखौँ बजेट खर्चेर सञ्चालन गरेको सीपमुलक तालिममा नगर क्षेत्रका साढे तीन सय जना भन्दा धेरैको सहभागिता जनाएका थिए। तर नगरपालिकाले दिएको सीपमुलक तालिमकै आधारमा कति जना स्वरोजगार एव्म व्यवसायीक बने भन्ने विषयमा गोदावरी नगरपालिकाका सूचना अधिकारी शिवराज भाटले अनभिज्ञता प्रकट गरे।

नगरपालिकाले गत वर्ष ३२ लाख भन्दा बढि बजेट खर्च गर्दै हाउस वाइरिङ, हाते कडाई, मोवाईल मर्मत, ब्युटिसियन, बेमौसमी तरकारी खेती लगायतका आठ वटा सीप मुलक तालिम सञ्चालन गरेको थियो। तालिममा प्रत्येक वडाबाट दुई जनाका हिसाबले एक सय ९२ जना सहभागि थिए तर ती सहभागिहरुले तालिममा सिकेका कुराहरु लागु गरे की गरेनन भन्ने विषयमा नगरपालिकाले जानकारी राखेको छैन्। बरु फेरी यसवर्ष पनि उनीहरुलाई तालिम दिएर लाखौँ रकम सिध्याउने तयारी भएको छ। 

सीपमुलक तालिम जस्तै नगरपालिकाको महिला विकास शाखाले पनि गत वर्ष झण्डै एक सय ७५ जना महिलालाई सात दिने उद्यमशिलता तालिम प्रदान गरेको थियो। १० लाख भन्दा बढि खर्च गरेर दिईएको तालिम बजेट सिध्याउनमा सिमित भएपछि उपलब्धी शुन्य देखिएको छ। महिला विकास शाखाले पनि गत वर्ष तालिममा सहभागि महिलाहरुलाई नै सक्षम बनाईने भन्दै फेरी १५ लाख खर्च गरी उद्यमशिलता तालिम चलाईरहेको छ। गोदावरी नगरपालिकाकी महिला विकास अधिकृत अनिता बुढाएरले सो कुरा स्वीकार गरिन्। 

लक्षित वर्गलाई लाभान्वित गरेर उत्पादन मुलक क्षेत्रसँग जोड्दै सञ्चालान गरिनुपर्ने तालिमहरु बजेट सकेर कार्यकर्ता पोस्न र आसेपासेलाई खुसि बनाउनमा केन्द्रीत छन्। यस्तै जनप्रतिनिधीले फेरी पनि उनीहरुलाई नै सीप मुलक तालिम दिएर सक्षम बनाउने नाममा रकम सक्ने चलखेल गरिहेको आरोप लागेको छ। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस