सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा एक पुरुष मृत भेटिए, भारतबाट भोट हाल्न भनेर आएका थिए

२०७९ मंसिर ३, ०९:४५ खबर संवाददाता

धनगढीः डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। शनिबार जिल्लाको जोरायल गाउँपालिका-३ तोडेगडाका अन्दाजी ६० वर्षीय हिरालाल ओली मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भोला भट्टकाअनुसार उनी जोरायल गाउँपालिका-३ चन्कट्टे नजिकैको बाटोमा मृत भेटिएका हुन्। भारतको सिमलामा काम गर्दै आएका उनी संसदीय निर्वाचनमा मतदान गर्न घर फर्किरहेका थिए। तर, उनी घर पुग्नै पाएनन्। 

उनको साथमा झोलासहितको प्लास्टिकको बोरा र नजिकै मदिराको बोतल पनि भेटिएको छ। घटना राति ९ बजेपछि भएको र अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

कमेन्ट लोड गर्नुस