सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा ट्याक्टरको ट्रलीबाट खसेर एक जनाको मृत्यु

। फोटो स्रोत ।
२०७५ चैत्र ४, ०६:३० खबर संवाददाता

ट्याक्टर दुर्घटनामा परि बझाङ जिल्लामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ बस्ने २४ वर्षिय लोकेन्द्र रोकाया रहेका छन्। बझाङको छान्नाबाट बाजुरातर्फ जाँदै गरेको म १ त १११७ नम्बरको ट्रयाक्टरको ट्रलीवाट खसेर रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ। गाउँपालिकाको वडा नम्वर ७ मा दुर्घटना भएको हो। दुर्घटनामा परी गम्भीर घाईते भएका रोकायालाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो। ट्याक्टर र चालकालाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस