सेती लोकमार्ग, चिसापानी-जंगलघाट-मंगलसेन सडक निर्माण गर्छुः देउवा
२०७९ मंसिर १, ०६:२१
धनगढीः नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अछामको विकासका लागि प्रतिवद्ध रहेको बताएका छन्। अछामको सदरमुकाम मंगलसेनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।
प्रधानमन्त्री देउवाले कैलाश लघु जलविद्युत् आयोजना, सेती लोकमार्ग, चिसापानी-जंगलघाट-मंगलसेन सडक खण्ड, रामारोशन र खप्तड पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए। उनले अछामको विकासका लागि आफू लागि पर्ने पनि जनाए।
कमेन्ट लोड गर्नुस