सुदूर नेपाललाई विश्वसँग जोड्दै

राहुल गान्धीको कार्यक्रममा नेपाली राष्ट्रिय गीत बजेपछि...

२०७९ मंसिर १, ०४:२७ खबर संवाददाता

धनगढीः भारतीय कांग्रेसका नेता राहुल गान्धी अचेल ‘भारत जोडो यात्रा’ अभियानमा छन्। उनी भारतका विभिन्न स्थानमा यो अभियान सञ्चालन गरिरहेका छन्। यसै क्रममा बुधबार महाराष्ट्रको वासिम भन्ने स्थानमा सो अभियान अन्तर्गत आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय गीत बजाइएको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

भिडियोमा राहुल गान्धीले कार्यक्रममा राष्ट्रिय गीत बजाउनका लागि निर्देशन दिन्छन्। तर लगत्तै नेपाली राष्ट्रिय गीत बज्छ। त्यसपछि मञ्चमा आसिन राहुल गान्धीसहित अतिथिहरु अक्क न बक्क हुन्छन्। उनीहरुले राष्ट्रिय गीत बजाउन भन्दै फेरि निर्देशन दिन्छन्। 

त्यसपछि भने भारतको राष्ट्रिय गीत बज्न थाल्छ। राहुल गान्धीको कार्यक्रममा नेपाली राष्ट्रिय गीत कसरी बज्न पुग्यो भन्नेबारे औपचारिक रुपमा केही खुलाइएको छैन। यद्यपि यो विषयले अहिले सामाजिक सञ्जालमा भने निकै चर्चा पाएको छ।

कमेन्ट लोड गर्नुस