सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री देउवाले आज बैतडीको चुनावी सभालाई पनि सम्बोधन गर्ने 

२०७९ कार्तिक ३०, ०८:४४ खबर संवाददाता

धनगढी: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार बैतडीको चुनावी सभालाई पनि सम्बोधन गर्नेछन्। उनले आज सत्ता गठबन्धले शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए।

देउवाले दिउँसो १ बजे चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए। देउवासँगै नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराजा भट्ट पनि बैतडी जाने बताइएको छ। भट्टले पनि चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव जोशीले बताए। यसअघि पनि देउवा बैततडीमा चुनावी सभालाई सम्बोधन गरेर गएका थिए।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको प्रचारप्रसारका लागि देउवा फेरि सुदूरपश्चिम आएका हुन्। उनले आज बिहान साढे ११ बजे डडेल्धुराको अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। सो कार्यक्रम सम्बोधनपछि देउवा बैतडीको  शिवनाथ जानेछन्। 

कमेन्ट लोड गर्नुस