सुदूर नेपाललाई विश्वसँग जोड्दै

लगानीबाटमात्र मुलुकको समृद्धि सम्भव छ : अर्थमन्त्री खतिवडा

। फोटो स्रोत ।
२०७५ चैत्र ४, ०२:४५ खबर संवाददाता

अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालमा ढुक्क भएर लगानी गर्ने वातावरण रहेको बताएका छन्। सोमबार काठमाडौंमा नागरिक लगानी कोष भवनको शिलान्यास तथा कोषको २९औं वार्षिकोत्सव कार्यक्रममा उनले लगानीको वातावरण बनिसकेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन्। अर्थमन्त्री डा. खतिवडाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानमा सघाउन लगानीकर्ताहरुलाई आग्रहपनि गरे। कोषले जनताको हितमा हुनेगरी काम गर्नुपर्ने भन्दै उनले लगानीबाटमात्र मुलुकको समृद्धि सम्भव रहेको बताए। अर्थमन्त्री डा. खतिवडाले लगानी सम्मेलनको तयारी भइरहेकाले नेपाल लगानी गर्न उपयुक्त मुलुक भएको पनि बताए। कार्यक्रममा लगानी कोषका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो।

कमेन्ट लोड गर्नुस