सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी र डडेल्धुरामा निर्माणाधिन सडक योजना अलपत्र

उग्रतारा–मेलौली सडक
उग्रतारा–मेलौली सडक
२०७५ चैत्र ४, १२:३१ खबर संवाददाता

बजेट अभाव र संघ तथा प्रदेश सरकार कसको स्वामित्वमा जाने भन्ने यकिन नहुँदा बैतडी र डडेल्धुरामा निर्माणाधीन अधिकांश ठूला सडक योजना अलपत्र परेका छन्। गत आर्थिक वर्षसम्म निर्माणाधीन यस्ता एक दर्जन बढी सडकमा भइरहेको स्तर सुधारको कामसमेत ठप्प छ। निर्माण व्यवसायीले गत साउनदेखि पाउनुपर्ने भुक्तानी पाउन सकेका छैनन।

बैतडीको पाटन–पंचेश्वर सडक, डडेल्धुराको उग्रतारा–मेलौली–तल्लो स्वराड, जोगबुडा–दैजी, ब्रम्हदेव–जोगबुढा, पोखरा– बेलापुर–पश्चिम सेती सडक, बुडर–जोगबुडा, बैतडीको बिप्याकटाल–ढुंगाड, पाटन–पुर्चौडी र डडेल्धुराको शीर्ष–रूपाललगायत सडक योजनामा यस आर्थिक वर्षमा कुनै काम हुन नसकेको हो।

यी सडकमा दुई वर्षयता काम हुन नसक्दा बनेका संरचना पनि बिस्तारै भत्किन थालेका छन् । अधिकांश निर्माणाधीन सडक प्रदेश सरकारलाइ बुझाइसकिएको सडक डिभिजन कार्यालय पाटनका प्रमुख अर्जुन वमले जानकारी दिनुभयो। फागुनमै डिभिजन अन्तर्गतका ३६ वटा सडकका फाइल प्रदेश सरकारको जिल्ला पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस