सुदूर नेपाललाई विश्वसँग जोड्दै

अख्तियार कञ्चनपुरमा मुद्दाको चाङ, २६ दिनमा २८ उजुरी

२०७९ कार्तिक २७, १०:०२ खबर संवाददाता

धनगढीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा अनियमितता सम्बन्धिका उजुरीको संख्या बढेको छ। कार्यालयमा स्रोतअनुसारका उजुरीको संख्या चालु आर्थिक वर्ष सुरु भएसँगै बढेको हो।

अख्तियारको कार्यालय कञ्चनपुरमा तीन सय ५ वटा अनियमितता विरुद्धको उजुरी दर्ता भएको कार्यालयले जनाएको छ। सबैभन्दा बढी साउनमा एक सय ४२ वटा उजुरी दर्ता भएका छन्। भदौमा ८५, असोजमा ५१ र कात्तिक २६ गतेसम्म २८ उजुरी दर्ता भएको कार्यालयले जनाएको छ।

लिखित, टेलिफोन, भाइवर, इमेललगायतको माध्यमबाट उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सूचना अधिकारी नारायणप्रसाद ढकालले बताए। अख्तियारको कार्यालयमा कुल दर्ता उजुरीमध्ये ३५ प्रतिशत बढी उजुरी स्थानीय तहसँग सम्वन्धित छन्।

आयोगको कार्यालयमा परेका उजुरीमाथि अनुसन्धानको काम पनि सँगसँगै भइरहेको छ। कार्यालयमा संघ र प्रदेश सरकारले गर्दै आएका पूर्वाधार निर्माणमा भइरहेका अनियमित लगायतको विषयमा पनि उजुरी परेको कार्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस