सुदूर नेपाललाई विश्वसँग जोड्दै

पीएम कप : उपाधिका लागि आर्मी र एपीएफ भिड्दै

। फोटो स्रोत ।
२०७९ कार्तिक २६, ०७:१६ खबर संवाददाता

काठमाडौंः  आज (शनिबार) पीएम कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनल खेल र हुँदैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान ९ बजे सुरु हुनेछ। आज दुबै टोली उपाधि जित्ने योजनासहित मैदान उत्रने छन्। त्यसैले खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

एपीएफ पहिलो पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई हराएर फाइनलमा प्रवेश गरेको हो। दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै आर्मीले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो।  

प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्। यस्तै उपविजेताले ५ लाख पाउने छन्।  उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।

कमेन्ट लोड गर्नुस