पाकिस्तानसँग खेल्ने राष्ट्रिय टिम घोषणा, लामिछाने पहिलोपल्ट टिममा
काठमाडौंः कात्तिक ३० गते हुने पाकिस्तान सँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक प्रवेश कटुवालले शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
प्रशिक्षक कटुवालले मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई सुरुवाती प्रशिक्षणमा बोलाएका थिए। तीमध्ये २३ जनालाई छनोट गरेका हुन्।
टिममा कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुलाई समावेश गरिएको छैन। गोलकिपर किरण हाल आई–लिगका लागि राउण्ड ग्लास पञ्जावमा आबद्ध भएका छन् र उनी भारतमा लिगका लागि तयारी गरिरहेका छन्। यस्तै आवास लामिछानेले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाउँदा ६ खेलाडीले पुनरागमन गरेका छन्।