दिलेन्द्र बडूले एउटै सडकबाट ५२ करोड बजेट कटौती गरेः ठगुन्ना
धनगढीः नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेशसिंह ठगुन्नाले दिलेन्द्र प्रसाद बडू मन्त्री हुँदा एउटै सडकमा ५२ करोड बजेट कटौती गरेको बताएका छन्। मालिकार्जुन गाउँपालिकामा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा उम्मेदवार ठगुन्नाले यस्तो बताएका हुन्।
उनले जिल्लाको विकास बजेट कटौती गर्नेले जिल्लाको के गरे भनेर प्रश्नसमेत गरेका छन्। महाकाली करिडोरमा आफू हुँदा १ अर्व ३ करोड बजेट हालको तर आर्थिक वर्ष ०७८।०७९ मा बडू मन्त्री हुँदा बजेट कटौती गरिएको उनको दाबी छ।
यस्तै उनले आफूले वर्षौदेखि गौचरण भएको विमानस्थलमा बजेट हालेर अहिले काम भइरहेको बताए।