सुदूर नेपाललाई विश्वसँग जोड्दै

गठबन्धनले जिते दार्चुलाले मन्त्री पाउँछ : देउवा

२०७९ कार्तिक २३, ०५:२६ खबर संवाददाता

धनगढी: प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले चुनाव जिते दार्चुलाले मन्त्री पाउने बताएका छन्। बुधवार दार्चुलाको गोकुलेश्वरमा सत्तारूढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

‘गठबन्धन आजको आवश्यकता हो। गठबन्धनले जिते दार्चुलाले मन्त्री पाउँछ,’ उनले भने। उनले मिचिएको नेपाली भूमि कुटनीतिक पहलबाट फिर्ता हुने बताउँदै महाकाली कोरिडोर, पञ्चेश्वर परियोजनाको काम पनि अगाडि बढाइने बताए। 

कमेन्ट लोड गर्नुस