डोटीमा भूकम्पमा घाइते भएकाहरुको हेलिकप्टरबाट उद्धार [अपडेट]
धनगढी: गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ।घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारका लागि केहीबेर अघि हेलिकप्टरबाट डोटी अस्पताल पुर्याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए।
सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरुको उद्धार गरेको हो।उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ।
गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पबाट डोटीशको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो।
उक्त ठाउँमा आठ वटा घर पूर्णरुपमा भत्किएर क्षति पुगेको छ। -रासस
सम्बन्धित समाचार-
-डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु
-डोटीमा भूकम्पः मृत्यु भएका ६ जनाको पहिचान खुल्यो [अपडेट]
-सुदूरपश्चिममा भूकम्पको खतरा अझै बाँकी, सतर्क रहन आग्रह
-डोटीमा भूकम्पः तत्काल उद्दार तथा राहतमा खटिन प्रधानमन्त्रीको निर्देशन