सुदूरपश्चिममा भूकम्पको खतरा अझै बाँकी, सतर्क रहन आग्रह
धनगढी: डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको भने धेरै धनजनको क्षति भएको छ। बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको छ।
डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्प गएको भूकम्पको धक्का कैलालीसहित सुदूर पहाडका सबै जिल्लामा महशुस गरिएको थियो।
यस्तै सुदूरपश्चिममा भूकम्पको खतरा रहेको भूकम्प मापन केन्द्रले जनाएको छ। सबैलाई सतर्क रहन आग्रह गर्दै मापन केन्द्रले भूकम्प पछिका पराकम्पन्नहरु अझै आउन सक्ने भएकालेसतर्क रहन आग्रह गरेको हो।