भोलि बैतडीका तीन स्थानीय तहमा बिदा
धनगढी: बैतडीका तीन स्थानीय तहमा मङ्गलबार भोलि बिदा दिइएको छ। जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकामा भोलि सार्वजनिक बिदा दिइएको हो।
दशरथचन्दमा रहेको प्रसिद्ध जगन्नाथ मन्दिरमा जात्रा लाग्ने भएकाले मङ्गलबार नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।
यस्तै, प्रसिद्ध मेलौली भगवती मन्दिरमा आजदेखि जात्रा सुरु भएकाले नगर क्षेत्रमा आज र भोलि दुई दिन सार्वजनिक बिदा दिइएको र सुर्नयास्थित प्रसिद्ध फाल्ङासैनी भगवती मन्दिरमा जात्रा लाग्ने भएकाले भोलि सार्वजनिक बिदा दिइएको पालिकाहरुले सूचनामार्फत जनाएका छन्।