बैतडीमा अटो दुर्घटना
धनगढी: बैतडीमा अटो दुर्घटना भएको छ। आइतबार पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका–३ ठुलाखोलाको भिरमा सुपप्र ०१–००१ ह ३९८८ नम्बरको अटो दुर्घटना भएको हो।
दुर्घटनामा चालक पाटन नगरपालिका ६ का दामोदर कुमाल घाइते भएका र उनको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अटो अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। सडकबाट करीब ९ सयमिटर तल खस्दा अटो पूर्ण रुपमा क्षति भएको बताइएको छ।