बैतडीको सुर्नयामा २२ गते बिदा
२०७९ कार्तिक २०, ०७:३६
धनगढी: बैतडीको सुर्नया गाउँपालिकाले २२ गते स्थानीय बिदा दिएको छ। आइतबार सूचना जारी गर्दै गाउँपालिकाले कार्तिक २२ गते वडा नम्बर ५ मा रहेको फाङलाशैनी भगवती मन्दिरमा मेला लाग्ने भएकाले एक दिन स्थानीय बिदा दिएको जनाएको छ।
सो दिन पालिकाभित्रका सबै सरकारी तथा गैर सरकारी संघ संस्था र शिक्षण संस्था बन्द रहने सूचनामार्फत बताइएको छ।
कमेन्ट लोड गर्नुस