सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु 

फाइल फोटो
फाइल फोटो
२०७९ कार्तिक २०, ०४:२१ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरका भुवन सिंह रानाको मृत्यु भएको प्रहरीले बताएको हो।

दुर्घटनामा घाइते भएका उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। आइतबार शुक्लाफाँटा नगरपालिका ४ पिपलाडीका श्रीकृष्ण रानाले चलाएको से १ त ९३८७ नम्बरको ट्र्याक्टर र भुवनले चलाएको सुपप्र ०२००३ प २१४३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस