सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा विद्युतको तार सर्ट हुँदा एक घरमा आगलागी

२०७९ कार्तिक २०, ०९:३५ खबर संवाददाता

धनगढी: बाजुरामा एक घरमा आगलागी भएको छ। जिल्लाको बडिमालिका नगरपालिका ८ थापाबडाको एक संयुक्त घरमा आगलागी भएको हो। आइतबार बिहान वीरबहादुर थापा र धौली थापाको संयुक्त घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

विद्युतको तार सर्ट भइ आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले बताएको छ। घटनामा मानविय क्षति नभएको र अन्य क्षतिको विवरण आउँन बाँकी रहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको बताइएको छ। 

कमेन्ट लोड गर्नुस