सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रगतिशिल लेखक संघ सुदूरपश्चिमको अध्याक्षमा रसिक

२०७५ चैत्र २, ०६:४९ खबर संवाददाता

प्रगतिशिल लेखक संघ सुदूरपश्चिमको अध्याक्षमा जनक रसिक चयन भएका छन्। आज धनगढीमा आयोजना गरिएको भेलाबाट रसिकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। यस्तै उपाध्यक्षमा गणेश ढकाल, महिला उपाध्यक्षमा चन्द्रकला पन्त, सचिवमा बाबुराम आचार्य, सहसचिवमा लालबहादुर बोहरा र कोषध्यक्षमा तिलक सिंह सहित ४५ जनाको सुदूरपश्चिम समिति चयन भएको हो।

सभापती प्रगतिशिल लेखक संघका केन्द्रिय सचिवालय सचिव लक्षिराम आर्चायको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिति केन्द्रिय उपाध्यक्षा डाक्टर पुष्करराज भट्ट रहनु भएको थियो। कार्याक्रममा सुदूरपश्चिमका सबै जिल्लाका प्रगतिशिल लेखक संघका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो।
 

कमेन्ट लोड गर्नुस