सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीकी वर्षाको गोलमा नेपालले हरायो बंगलादेशलाई

२०७९ कार्तिक २०, ०७:१२ खबर संवाददाता

काठमाडौँः नेपालले यू–१५ वुमेन्स साफ च्याम्पियनसिपको शनिबार ढाकामा भएको खेलमा बंगलादेशलाई १–० ले हराएको छ। नेपालको जितमा वर्षा ओलीले निर्णायक गोल गरिन्। यो जितपछि नेपालको प्रतियोगिताको उपाधि जित्ने सम्भावना बढेको छ।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो भने आयोजक बंगलादेशले पहिलो हार बेहोर्‍यो। खेल बराबरतर्फ अग्रसर भइरहेको बेला वर्षाले ८७ औं मिनेटमा निर्णायक गोल गरिन्। यो जितले नेपालको दुई खेलबाट ६ अंक भएको छ र लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ।

बंगलादेश भने दुई खेलबाट ३ अंकमै सीमित रह्यो। प्रतियोगितामा सहभागी तेस्रो टिम भुटान भने आफूले खेलेको दुवै खेलमा पराजित रहेर शून्य अंकमा छ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ७–० ले हराएको थियो। 

कमेन्ट लोड गर्नुस