सुदूर नेपाललाई विश्वसँग जोड्दै

बंगलादेशसँग नेपालले आज दोस्रो खेल खेल्दै

२०७९ कार्तिक १९, ०८:१३ खबर संवाददाता

काठमाडौंः बंगलादेशमा जारी साफ १५ वर्ष मुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज शनिबार दोस्रो खेल खेल्दैछ। नेपालले दोस्रो खेलमा आयोजक तथा बलियो टोली बंगलादेशको सामना गर्नेछ। ढाकामा हुने खेल स्थानीय समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ।

नेपाल शनिबार लगातार दोस्रो जितको योजनामा हुनेछ। तर, बंगलादेशविरुद्ध नेपाललाई सहज हुने छैन। आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश दुबैले भुटानलाई हराएको थियो। बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो।

उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८–० ले हराएको थियो। नेपाल ३ अंक जोडेर दोस्रो स्थानमा छ। 

कमेन्ट लोड गर्नुस