सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कप : सुदूरपश्चिममाथि आर्मीको फराकिलो जित

। फोटो स्रोत ।
२०७९ कार्तिक १८, ०४:४३ खबर संवाददाता

काठमाडौं: विभागीय त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ। शुक्रबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई १६९ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले पहिलो जित निकालेको हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आर्मीले दिएको २८३ रनको विजयी लक्ष्य पछ्याएको सुदुर २९.४ ओभरमा ११३ रनमा आउट भयो। सुदूरका लागि बसन्त खत्रीले सर्वाधिक २५ रन बनाए। त्यस्तै नारायण जोशीले १९ रन बनाउँदा गजेन्द्र भण्डारीले १७ रन बनाए। 

आर्मीका लागि जितेन्द्र मुखियाले सर्वाधिक तीन विकेट लिए। विक्रम सोब र साहब आलमले समान २ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २८२ रन बनाएको थियो। आर्मीका लागि अर्जुन साउदले ७३ रनको अर्धशतकीय खेल्दा पौडेलले ५२ रनको अर्धशतकीय पारी खेले।

आर्मीका कुशल मल्लले ४३ रन बनाउँदा भीम सार्कीले ३४ रन जोडे। सुदूरका लागि हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहोराले समान २ विकेट लिए।
 

कमेन्ट लोड गर्नुस