सुदूर नेपाललाई विश्वसँग जोड्दै

ठुलो भारतले सानो चित्त बनाउनु हुँदैनः ओली

२०७९ कार्तिक १८, ०२:२०

धनगढीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठुलो भारतले सानो चित्त बनाउन नहुने बताएका छन्। चुनावी सभालाई सम्बोधनका लागि दार्चुला पुगेका ओलीले भारतले नेपाली भूमि अतिक्रमण गरेको बताएका हुन्।

महाकाली नदिले धार परिवर्तन गरे भारतले सीमा मिच्ने गरेको उनले बताए। नेपालीले भारतको उक्त कदमलाई मिचाहा प्रवृति भन्दै आएको ओलीले बताए। प्रधानमन्त्री हुँदा भारतीय पक्षलाई सीमा अतिक्रमण रोक्न पहल गरेको उनले बताए।

भारतीय पक्षलाई आफ्नो क्षेत्रमा संरचना निर्माण गर्न ओलीले आग्रह गरेका छन्।

कमेन्ट लोड गर्नुस