शुक्रबार ओली बैतडी जाँदै, सिँगारियो पाटन खुल्ला मञ्च
धनगढी: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बैतडी जाने भएका छन्। उनी एमाले जिल्ला कमिटि बैतडीले पाटनमा आयोजना गर्ने विशाल चुनावी आमसभालाई सम्बोधन गर्न बैतडी जाने भएका हुन्।
अध्यक्ष ओली बैतडी जाने भएपछि पाटन बजार र पाटनको खुल्ला मञ्च सिँगारिएको छ। एमाले बैतडीका अनुसार आमसभाका लागि तयारी पूरा भइसकेको छ। प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर राखिएको चुनावी आमसभालाई एमाले अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्।
चुनावी देश दौडाहको सुरुवात गर्न सुदूरपश्चिम आउन लागेका उनी भोलि दार्चुलामा हुने कार्यक्रमलाई सम्बोधन गरेर पाटन आउने बताइएको छ।