बाजुरामा शुक्रबारबाट मतदाता शिक्षा कार्यक्रम सुरु गरिने
धनगढी: बाजुरामा शुक्रबारबाट मतदाता शिक्षा कार्यक्रम सुरु गरिने भएको छ। जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार जिल्लाका नौ वटै पालिकाका सबै वडामा भोलिबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुने भएको हो।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेस सभा सदस्य निर्वाचनलाई लक्षित गरेर बाजुरामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीले बताए। मतदाता शिक्षा कार्यक्रम महिला स्वास्थ्य स्वयं सेविका द्वारा १५ दिनसम्म सञ्चालन गरिने उनले बताए।