बैतडीको पुर्चौडीमा दुई दिन सार्वजनिक बिदा
२०७९ कार्तिक १७, ०९:४०
बैतडीः बैतडीको पुर्चौडी नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ। पुर्चौडीको हाटस्थित राताशीला त्रिवेणी धाममा लाग्ने कफलखाना गिरेगडा मेलाका अवसरमा दुई दिन १७ र १८ गते सार्वजनिक बिदा दिइएको हो।
हरिबोधनी एकादशीको दिन कफलखाना गिरेगडा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ।
कमेन्ट लोड गर्नुस