बैतडीको दशरथचन्दमा बिहीबार सार्वजनिक बिदा
धनगढी: बैतडीको दशरथचन्द नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ। वडा नम्बर ८ मा रहेको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्रा लाग्ने हुँदा नगरपालिकाले १७ गते बिहीबार सार्वजनिक बिदा दिएको हो।
नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै त्रिपुरासुन्दरी मन्दिरमा कार्तिक शुक्ल अष्टमी र नवमीमा लाग्ने मेलाका लागि सबै सरकारी तथा गैर सरकारी संघ संस्थामा सार्वजनिक बिदा दिएको जनाएको छ। हरेक वर्ष कार्तिक शुक्ल अष्टमीका दिन त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्रा हुने गर्दछ।