सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका ४३ मतदान केन्द्र अतिसंवेदनशील

२०७९ कार्तिक १६, ०३:३० खबर संवाददाता

धनगढीः बाजुरा जिल्लाका ४३ मतदान केन्द्र अति संवेदनशीलको सूचीमा रहेका छन्। जिल्लाका जम्मा ७० मध्ये ४३ लाई अति संवेदनशील मतदानस्थल मानिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

यस्तै जिल्लामा २३ संवेदनशी मतदानस्थल रहेका छन्। त्यस्तै चार मतदानस्थल मात्रै सामान्य अवस्थाका छन्।

प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई सदस्यको निर्वाचन हुने बाजुरा जिल्लामा ७० मतदान स्थलमा एक सय १२ मतदान केन्द्र कायम भएका छन्। बाजुरामा महिला ४० हजार पाँच सय ३७, पुरुष ४२ हजार एक सय ५१ र अन्य दुई गरि जम्मा ८२ हजार आठ सय ९० मतदाता रहेका छन्।

कमेन्ट लोड गर्नुस