धनगढी–अत्तरिया ६ लेन सडकको पहिलो प्याकेजमा निर्माण कम्पनीसँग श्रोत साधनकै अभाव
मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तरगत एक नम्वर प्याकेजको ठेक्कामा निर्माण कम्पनीको लापरवाही देखिएको छ। निर्माण अवधी सकिन तीन महिना मात्रै बाँकी छ तर पनि निर्माण कम्पनीले अहिले सम्म फिल्डमा आवश्यक श्रोत साधन उपलव्ध गराउन सकेको छैन्। विगतमा आयोजना कार्यालयले क्षेत्राधिकार खाली गर्न ढिलाइ गरेपनि अहिले निर्माणका लागि कुनै ठुलो समस्या छैन्। तर नागार्जुन निर्माण सेवाले पहिलो प्याकेज अर्थात मोहनापुलदेखि बोराडाडाी सम्मको क्षेत्रमा निर्माणको गति बढाउन सकेको छैन्। जस्को मुख्य कारण निर्माण कम्पनीले आवश्यकता अनुसार अहिले सम्म पनि श्रोत साधनहरु व्यवस्थापन गर्न नसक्नु रहेको मोहनापुल अत्तरिया ६ लेन सडक योजनाका प्रमुख राजेश पौडेलको भनाई छ।
मोहनापुलदेखि बोराडाडी सम्मको झण्डै साढे ४ कािलेमिटर सडक निर्माणको जिम्मा पाएको नागार्जुन निर्माण सेवासंग अहिलेको अवस्थामा कम्तिमा पनि यस्पाल्ट प्रान्ट, अलकत्रा फाल्ने डिस्टीव्यूटर, २ वटा रोलर, २ वटा ग्रेडर, पानी ट्याङकर, भाईव्रटर रोलर अनिवार्य रुपमा हुनुपर्ने हो। निर्माणको अवधी तीन महिना मात्रै भएकाले यस्को तीन गुणा बढि निर्माण उपकरण हुनुपर्ने हो तर नागार्जुन निर्माण सेवासंग भने उक्त उपकरणहरु फिल्डमा छैनन्। नागार्जुन निर्माण सेवाको अहिले कैलालीमै भारतीय सिमा जोड्ने २ वटा सडक निर्माणको ठेक्का छ भने सेती लोकमार्गमा पनि ठेक्का छ। ६ लेन सडकका लागि आवश्यक उपकरण पनि अन्य क्षेत्रमा लगेका कारण ६ लेन सडकको निर्माण कछुवा गतिमा भईरहेको हो। उक्त कुरा योजना कार्यालयलाई पनि जानकारीमा रहेको मोहनापुल अत्तरिया ६ लेन सडक योजनाका सुचना अधिकारी खगेन्द्र शाही स्वीकार गर्छन्।
यस्तै एक जना आयोजना व्यवस्थापक, एक जना ईन्जिनियर, २ जना ओभरसियर, एक जना ल्याव टेक्निसियन र अन्य सुपरभाईजरहरु पनि निर्माण कम्पनीसंग अनिवार्य हुनुपर्ने हो। उक्त जनशक्ति निश्चित बर्षको अनुभवी हुनुपर्ने प्रावधान ठेक्का सम्झौतामा पनि तोकिएको हुन्छ। तर नागार्जुन निर्माण सेवामा सुरुवातमा कार्यरत प्राविधिक जनशिक्तले निर्माण कम्पनी छोडिसकेका छन् भने अहिले धेरै नयाँलाई राखिएको छ। यस्तै निर्माण कम्पनीले आवश्यक अनुसार मजदुर पनि अहिले सम्म व्यवस्थापन गर्न सकेको छैन्।
यस्तै नागार्जुन निर्माण सेवाले कैलालीका गोदावरीमा राखेको क्रसर पनि जिल्ला समन्वय समितिले बन्द गराईदिएपछि उनीहरु अधिकासं निर्माणका काम ठप्प पारेर क्रसर सञ्चालनको कसरतमा लागेको छन्। नागार्जुन निर्माण सेवाका सञ्चालक ईश्वरी प्रशाद भट्टले भने खानेपानीको पाईप स्तानान्तरण अहिले सम्म पनि नभएकाले निर्माणलाई गति दिन समस्या भईरहेको बताए। उनले खानेपानीको लाईन र पोल सार्ने काम सम्पन्न भएपछि मात्रै निर्माणले गति पाउने बताए।
निर्माण कम्पनीसंग एउटा योजना कार्यान्वयनका लागि प्राविधिक जनशक्ति र उपकरणहरु भएपनि धेरै योजना कार्यान्वयनका ठेक्का लिएको छ। जस्ले गर्दा तिनै उपकरणहरु विभिन्न योजनाहरुमा घुमाईदा एक ठाउँ निर्माण भईरहँदा अर्को योजनामा निर्माण ठप्प हुने गरेको छ।
ठेक्का सम्झौतामै आवश्यक श्रोत साधन उल्लेख हुने भएपनि उत्तर दक्षिण व्यापारीक मार्ग आयोजनाबाट ठेक्का भएकाले उक्त जानकारी आफुलाई नभएको आयोजना कार्यालयले बताउँदै आएको छ। तर आवश्यक निर्माण उपकरण र जनशिक्त फिल्डमा नदेखिएकाले तत्काल त्यस्को व्यवस्थापन गर्न आयोजना कार्यालयलले पत्र काटेको मोहनापुल अत्तरिया ६ लेन सडक योजनाका प्रमुख राजेश पौडेलले बताए।